सोमबार, जेठ ७ गते २०८१    
images
images

३० लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २७ २०८१
images
images
३० लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कुल ५२ लाख ८४ हजार दुई सय रूपैयाँ लागतमा निर्माण भएको हो।

images
images

तनहुँ- जिल्लाको व्यास नगरपालिका-३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेल मैदानमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ।

images
images
images

व्यास नगरपालिकाको ३० लाख रूपैयाँ आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ। प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ।

images

उक्त खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए।

images
images

यसअघि भिमाद नगरपालिका-६ क्याम्पस रोडस्थित रंगशालामा प्यारापिट निर्माण भएको थियो। तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कुल ५२ लाख ८४ हजार दुई सय रूपैयाँ लागतमा निर्माण भएको हो।

images
images

प्यारापिट बनाउन भिमाद नगरपालिकाको ४६ लाख ८० हजार र स्थानीयले छ लाख चार हजार दुई सय सहयोग गरेका थिए। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८११२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend