आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तोलामा ८ सयले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिहीबार , वैशाख २७ २०८१
तोलामा ८ सयले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घट्दा चाँदी प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।

बिहीबार तोलामा ८ सय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँमा झरेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९ सय ५० रूपैयाँ कायम रहेको छ। 

चाँदी भने बिहीबार प्रतितोला १० रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend