सोमबार, जेठ ७ गते २०८१    
images
images

वर्षापछि घट्दै वायु प्रदूषण

images
बुधबार, वैशाख २६ २०८१
images
images
वर्षापछि घट्दै वायु प्रदूषण

एक साताअघि काठमाडौं विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएकामा आज भने घटेर १२औँ स्थानमा छ। आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ।

images
images

काठमाडौं- सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ। ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) ८९ मा झरेको छ।

images
images
images

सो तथ्यांक अनुसार मंगलबार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म पुगेको थियो भने गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो।

images

एक साताअघि काठमाडौं विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएकामा आज भने घटेर १२औँ स्थानमा छ। आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ। दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ५९ पुगेको छ। जसलाई अस्वस्थ वायु मानिन्छ। यसैगरी विश्वको दोस्रो प्रदूषित सहरमा आज कंगो छ। त्यहाँको वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ५२ पुगेको छ।

images
images

डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षाका कारण मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलो पनि नियन्त्रण हुँदै गएपछि वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुगेको बताए। वन डढेलोका कारण वायु प्रदूषण बढ्ने भएकाले वर्षाअघि ह्वात्तै बढेको प्रदूषण पनि कम हुँदै गएको उनको भनाइ छ।

images
images

विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेती पनि अझै केहीदिन वर्षा हुने भएकाले वायु प्रदूषण पनि कम हुँदै जाने बताउँछन्। उनका अनुसार शून्यदेखि ५० सम्मको वायु गणस्तर एक्यूआई राम्रो (हरियो संकेत) मानिन्छ।

५१ देखि एक सयसम्मको एक्यूआईलाई होसियार रंग अथवा पहेँलो संकेत, एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ मान्ने गरिएको छ, जसले स्वासप्रसास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ।

त्यस्तै, एक सय ५१ देखि दुई सयम्मको एक्यूआईले सबैलाई असर गर्ने, दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थ र सोभन्दा माथि चार सयलाई खतरनाक र चार सयदेखिमाथि चार सय ५० लाई धरै खतरा मान्ने गरिएको उप्रेतीले बताए। 

नेपाल सरकारले निर्धारण गरेको काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ।

वायु प्रदूषण रोक्न फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने सोही कार्ययोजनामा उल्लेख छ। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend