बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

इन्द्रेणी कम्प्लेक्स आगलागी : ३ करोड ५० लाख रूपैयाँ बराबरको क्षति

images
सोमबार, पुस ५ २०७८
images
इन्द्रेणी कम्प्लेक्स आगलागी : ३ करोड ५० लाख रूपैयाँ बराबरको क्षति

आगलागीबाट जीम सेन्टरको सामानहरू जल्दा करोडौँको क्षति भएको हो।

images
images

काठमाडौं- बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा सोमबार भएको लागलागीबाट झन्डै ३ करोड ५० लाख रूपैयाँ बराबरको क्षति भएको छ। 

images
images
images

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भर्टरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ। आगलागीबाट मानवीय क्षति भएको छैन। 

images
images

आगलागीबाट जीम सेन्टरको सामानहरू जल्दा करोडौँको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उद्धृत गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिएका छन्।

images
images

आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ।  

 


प्रकाशित : सोमबार, पुस ५ २०७८१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend