सोमबार, जेठ ७ गते २०८१    
images
images

आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे पहिले, चिप्स बनाएर विदेश निर्यात गर्छन् अहिले

images
बुधबार, वैशाख २६ २०८१
images
images
आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे पहिले, चिप्स बनाएर विदेश निर्यात गर्छन् अहिले

चामल खानकै लागि कालापातलवासीले आलु साट्न आउनेहरुलाई कुर्नु पर्दैन। आजभोलि दमेकको आलुको चिप्स, सिरिम्ले मकै ब्रान्ड भएको छ भने सिस्नोको धुलो र चिप्स विदेश निर्यातसमेत हुन थालेको छ।

images
images

बलेवा- बागलुङको जैमिनी नगरपालिका-३ दमेकको नौला, कालापातल, दहलगायत क्षेत्रमा हिउँद बर्खा दुवै याममा आलुको राम्रो उत्पादन हुन्छ। केही वर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे।

images
images
images

दाल-चामल, नुनतेल र मसलाको जोहो गर्न आलु नै स्रोत थियो। उपल्लो दमेकको उत्पादन आलु मात्रै होइन मकै, कोदो, सिस्नो र बाँको पनि हुन्। पुर्खाले जे-जसरी उपभोग गर्न सिकाए उसैगरी यहाँका नागरिकले उत्पादनको उपभोग गरे पनि जमाना फेरिएको छ। पहिलेजस्तो आलु साट्न कालापातल कोही पुग्दैनन्।

images

चामल खानकै लागि कालापातलवासीले आलु साट्न आउनेहरुलाई कुर्नु पर्दैन। आजभोलि दमेकको आलुको चिप्स, सिरिम्ले मकै ब्रान्ड भएको र सिस्नोको धुलो विदेश निर्यात हुन्छ।

images
images

नगरपालिकाले आफ्ना नागरिकलाई उद्यमी बनाउने अभियानअन्तर्गत रैथाने र परम्परागत बालीलाई आधुनिक उपभोग्य वस्तु बनाउन सिकाएको छ। नगरले उद्यमशीलता तालिम सञ्चालन गरिरहेको छ।

images
images

स्थानीय तहमा रहेका कच्चापदार्थको उपयोग गर्दै नागरिकलाई आम्दानीसँग जोड्न विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको उपप्रमुख हरिहर शर्मा बताउँछन्। दमेकमा आलु चिप्स, दालमोठ, भुजिया, फुरनदाना, नमकिन, चना र फ्राइ चिउरा बनाउने तालिम नगरपालिकाले सञ्चालन गरेको थियो।

त्यसपछि दमेकवासीले आलु चिप्स विदेश निर्यात गर्न थालेका छन्। 'एक सय ५० रूपैयाँमा बिक्री हुने आलुको एक हजार रूपैयाँ पर्ने गरी चिप्स बन्छ, किसानलाई धेरै फाइदा भएको छ', वडाध्यक्ष कृष्णबहादुर भुजेलले भने, 'हाम्रो वडाका नागरिक केही न केही निर्यात गर्छन् जसको आम्दानीले खर्च चलेको छ।' गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम जैमिनीमा सञ्चालित छ। त्यसले उद्यमी बन्न प्रेरित गर्ने नगरप्रमुख नरबहादुर पुनले बताए।

उद्यमशीलताको विकासका लागि जैमिनीले लगानी गर्ने उनको धारणा थियो। कृषिजन्य वस्तुको उत्पादन, बजारीकरण र प्रवर्द्धन गर्नका लागि कृषकसँग सहकार्य गर्नुपर्ने चर्चा गर्दै नगरप्रमुख पुनले नगरले दिएको सीपलाई नागरिकले व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए। स्थानीय स्रोत र साधनको परिचालन गरी रोजगारी सिर्जना गर्ने तथा किसानलाई आत्मनिर्भर गराइ आम्दानी बढाउनका लागि सबैसँग सहकार्य गर्ने वडाध्यक्ष भुजेल बताउँछन्। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend