सोमबार, जेठ ७ गते २०८१    
images
images

रारा पुग्ने छोटो दुरीको सडक स्तरोन्नति थालियो

images
बुधबार, वैशाख २६ २०८१
images
images
रारा पुग्ने छोटो दुरीको सडक स्तरोन्नति थालियो

२०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ।

images
images

मुगु- रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ।

images
images
images

सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो।

images

जिल्ला सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल दुई घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ। गमगढी लामाचौर दुरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर वीरबहादुर जिटीले बताए।

images
images

उनले भने, 'रारा तालको पर्यटन विकासमा टेवा पुर्‍याउन यो सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो।'

images
images

विनम्र निर्माण सेवा सुर्खेतले ५५ लाख चार हजार सातसय ७५ रूपैयाँमा सडक विस्तारको ठेक्का लिएको छ। २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ। पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ।

तीन किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडकमा १.५ किलोमिटर दुरी चार मिटर चौडाइको ग्राभेल र चार सय ५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

रारा पर्यटकीय मार्गको विस्तारको काम सम्पन्न भएमा गमगढीवासीका साथै कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्ने छ। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend