सोमबार, जेठ ७ गते २०८१    
images
images

अर्गानिक तरकारीको माग बढेपछि उत्पादन र बिक्रीमा सक्रिय थारु महिला, मासिक २० हजारसम्म आम्दानी

images
बुधबार, वैशाख २६ २०८१
images
images
अर्गानिक तरकारीको माग बढेपछि उत्पादन र बिक्रीमा सक्रिय थारु महिला, मासिक २० हजारसम्म आम्दानी

अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका छन्।

images
images

बाँके- अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन्। अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन्।

images
images
images

नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भइ राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा-४ की रामदुलारी थारुले बताइन्। उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक १५ देखि २० हजार रूपैयाँसम्म आम्दानी गरिरहेको जानकारी दिइन्।

images

बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताइन्। त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा तरकारी ल्याएर नेपालगञ्जको पुष्पलाल चोकमा केही समयमै बिक्री हुने गरेको बताइन्।

images
images

बर्दियाको बढैयाताल गाउँपालिका-३ का महिला वडासदस्य दुसानी थारुले दैनिक बर्दियाबाट नेपालगञ्ज अर्गानिक तरकारी ल्याएर बिक्री गर्दै आएकी छिन्। उनले हरेक दिन बिहानै नेपालगञ्जको सडकमा तरकारी बिक्री गर्न थालेको वर्षौँ भइसकेको बताइन्।

images
images

महिला उद्यमीका साथै वडासदस्य समेत रहेकी थारुले वर्षौँदेखि आफूले कृषि पेसा गर्दै आएको बताइन्। 'म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १० वर्षदेखि कृषि पेसामा आबद्ध छु। अर्गानिक तरकारी साइकलमा राखेर नेपालगञ्ज ल्याएर बिक्री गर्दै आएकी छु', उनले भनिन्, 'स्थानीय चुनावमा महिला सदस्यका रुपमा निर्वाचित भएपछि तरकारी खेती गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ भनेर महिला दिदीबहिनीलाई सम्झाउने गरेकी छु।'

आफू जनप्रतिनिधि भए पनि कृषि पेसामा रमाइरहेको भन्दै दुसानीले बिहानभरी नेपालगञ्जमा तरकारी बिक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताइन्। पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगञ्जसम्म आउने गरेकामा अहिले भने गाडीको प्रयोग गर्न थालेको उनको भनाइ छ।

नेपालगञ्जको धम्बोझीस्थित सिटिजन बैंक अगाडि सडकको किनार (सडक पेटी)मा महिलाले तरकारी बजार लगाउने गरेका छन्। सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि नगर प्रहरीले लखेट्ने गरेको दुसानीले गुनासो गरिन्।

'यसरी व्यावसायिक रुपमा तरकारी बेच्न थालेको तीन वर्ष भयो। अहिले १५ कठ्ठा जग्गामा विभिन्न तरकारीजन्य वस्तु उत्पादन गर्दै आएकी छु', उनले भनिन्।

तरकारी बिक्रीबाटै पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको दुसानीले बताइन्। 'देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरिरहेकी छु', उनले भनिन्।

स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने र बिक्री वितरणका लागि छुट्टै स्थान बनाइदिनुपर्ने उनको माग छ। नेपालगञ्ज सडकमा दुसानी थारुजस्ता धेरै किसान बाँके र बर्दियाबाट एकाबिहानै तरकारी ल्याएर बिक्रीवितरण गर्दै आएका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८११२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend