आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनचाँदीको मूल्य स्थिर

बुधबार, वैशाख २६ २०८१
सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा मंगलबार बढेको सुनचाँदीको मूल्य बुधबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- मंगलबार तोलामा ८ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ। 

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार चारसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि स्थिर छ। मंगलबार प्रतितोला एक हजार ६ सय ७५ रूपैयाँ मूल्य तोकिएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रूपैयाँले बढेको थियो।


प्रकाशित : बुधबार, वैशाख २६ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend