बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सुरक्षा प्रहरीले दिन्छ, होटल रेष्टुरा २४ घण्टा नै चल्न दिनुपर्छ : गृहमन्त्री खाँड

images
सोमबार, पुस ५ २०७८
images
सुरक्षा प्रहरीले दिन्छ, होटल रेष्टुरा २४ घण्टा नै चल्न दिनुपर्छ : गृहमन्त्री खाँड

२४ घण्टा नै होटल तथा रेष्टुराँ सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिनसमेत तयार रहेको मन्त्री खाँडको भनाइ छ।

images
images

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँड करको दायरामा आएका होटल तथा रेष्टुरालाई २४ घण्टा नै सञ्चालन गर्न दिनुपर्ने बताएका छन्।

images
images
images

सोमबार अर्थ मन्त्रालयमा आयोजित पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले यस्तो अभिव्यक्ति दिएका हुन्।

images
images

‘करको दायरामा रहेका होटल तथा रेष्टुराँलाई २४ घण्टा नै सञ्चालन गर्नु दिनुपर्छ’ उनले भने, ‘यसो गर्दा व्यवसाय पनि फस्टाउने र राजस्व पनि वृद्धि हुन्छ।’

images
images

२४ घण्टा नै होटल तथा रेष्टुराँ सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिनसमेत तयार रहेको मन्त्री खाँडको भनाइ छ।

अहिले प्रहरीले १० नबज्दै उपत्यका रेष्टुरा बन्द गराउँदै हिडिरहेका छन्। उनीहरूले सुरक्षाका कारण देखाउँदै होटल तथा रेष्टुराँ बन्द गराउन माथिको निर्देशन छ भनिरहेका हुन्छन्। तर, मन्त्री खाँडले भने करका दायरामा रहेका होटल तथा रेष्टुराँ २४ घण्टा नै सञ्चालन गर्न दिनु पर्ने बताएका हुन्।

केपी शर्मा ओली नेतृत्वका गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको होटल तथा रेष्टुरा १० बजेपछि खुलेको अवस्थामा बन्द गराउने प्रहरीलाई दबाद दिएका थिए। सोही बेलादेखि प्रहरीले माथिको निर्देशन भन्दै १० बजेपछि होटल तथा रेष्टुरा बन्द गराउँदै आएको थिए। कतिपय ठाउँमा त होटल रेष्टुरामा रमाइलो गरेर बसेका लागिसमेत प्रहरीले दुःख दिने गरेको थियो।


प्रकाशित : सोमबार, पुस ५ २०७८१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend