सोमबार, जेठ ७ गते २०८१    
images
images

फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रम : १ सय २६ घरमा धारा जडान

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २६ २०८१
images
images
फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रम : १ सय २६ घरमा धारा जडान

राप्ती सोनारी-६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ। राप्ती सोनारी-७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ।

images
images

बाँके- बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा  ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत १ सय २६ घरमा धारा जडान भएका छन्।

images
images
images

उक्त कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका १ सय २६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जानकारी दिए।

images

'गत वर्ष असारदेखि घरघरमा खानेपानी धारा जडान गरेर स्वच्छ पेयजलको सुविधा पुर्‍याएका छौँ', अध्यक्ष थापाले भने, 'यहाँका चार सय घरमा धारा जडान गरेर स्वच्छ पानी पुर्‍याउने लक्ष्य छ।'

images
images

आर्थिक वर्ष २०७६/७७ देखि उक्त कार्यक्रम लागु भएको हो। वि.सं २०७८ देखि फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी आयोजनाको काम हुँदै आएको थियो। तीन कठ्ठा जमिनमा खानेपानीको भवन, ट्याङ्की, ‘पम्पहाउस’लगायत संरचना तयार गरी पानी वितरण थालिएको अध्यक्ष थापाले बताए।

images
images

महिना दिनमा १० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्तालाई १ सय ५० रुपैयाँ शुल्क कायम गरिएको छ भने १० युनिटभन्दा बढी उपभोग गर्नेलाई प्रतियुनिट २० रुपैयाँका दरले शुल्क लिने गरिएको छ। घरघरमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन्।

राप्ती सोनारी-६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ। राप्ती सोनारी-७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ। ‘पाइप लाइन’ विस्तारको काम सम्पन्न भएसँगै चाँडै  धारा जडानको काम सुरु हुने राप्ती सोनारी-७ का वडाध्यक्ष रामलखन थारूले बताए। रासस 


प्रकाशित : बुधबार, वैशाख २६ २०८११०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend