सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २६ २०८१
images
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

'आठ/दश वर्ष अगाडि यसरी खेतबारी सुक्खा हुँदैनथे तर यो हिउँदमा हिउँ र बर्खामा पानी नपर्दा समस्या भएको छ।'

images
images

हुम्ला- हुम्ला अहिले खडेरीको चपेटामा परेको छ। खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ। 

images
images
images

सुक्खाले बाली बिग्रेको गुनासो सिमकोट गाउँपालिका-१, २, ३ र ४ का किसानले गरेका छन्। पानी वैकल्पिक व्यवस्था नहुँदा उनीहरू कसरी अर्को बाली लगाउने र परिवारको भरणपोषण गर्ने भनेर चिन्तित भएका छन्।

images
images

हिउँदमा हिउँ पर्दा सुविकाल हुने हिउँ नपर्दा अनिकाल हुने सिमकोट गाउँपालिका-३ का गाजीमा लामा बताउँछन्। यस वर्ष हिउँ नपर्दा भोकमरीको अवस्था आएको उनले बताए। चैतमा कोदो र वैशाख पहिलो साता चिनो छर्नुपर्नेमा पानी नपर्दा खेती गर्न नपाएको लामाले बताए।

images
images

पानी नपर्दा खेतबारीमा लगाउने खुर्सानी, मकै, फर्सीलगायत अन्य तरकारी लगाउन नपाएको सिमकोट गाउँपालिका-२ ठेहेगाउँका किसान गौगोरा बोहराले बताए। उनले भने, 'आठ/दश वर्ष अगाडि यसरी खेतबारी सुक्खा हुँदैनथे तर यो हिउँदमा हिउँ र बर्खामा पानी नपर्दा समस्या भएको छ।' रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend