शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जनवरीमा टोयोटाका ५ फ्याक्ट्रीको उत्पादन बन्द हुने

मंगलबार, पुस ६ २०७८
जनवरीमा टोयोटाका ५ फ्याक्ट्रीको उत्पादन बन्द हुने

टोयोटाले जापानमै रहेका ५ वटा फ्याक्ट्रीबाट हुने उत्पादन बन्द हुने उल्लेख गरेको छ।

काठमाडौं- जापानको सबैभन्दा ठूलो कार उत्पादक कम्पनीले २०२२ को जनवरीमा ५ वटा फ्याक्ट्रीबाट कार उत्पादन बन्द गर्ने भएको छ।

बिक्रीका आधारमा विश्वकै ठूलो कार कम्पनी टोयोटाले कोरोनाका कारण भएको सप्लाइ गडबलले कार उत्पादन बन्द गर्नु परेको जनाएको छ। 

टोयोटाले जापानमै रहेका ५ वटा फ्याक्ट्रीबाट हुने उत्पादन बन्द हुने उल्लेख गरेको छ। सप्लाइ चेनमा देखिएको समस्या, चिप (सेमिकन्डक्टर) अभाव र कोरोना महामारीका कारण यस्तो अवस्था आएको टोयोटाले जनाएको छ। एक महिना यी ५ फ्याक्ट्री बन्द हुँदा २० हजार सवारी उत्पादन कम हुनेछ। 

टोयोटाले २०२१ मा ९० लाख सवारी उत्पादन गर्ने लक्ष्य लिएको थियो। पछिल्लो निर्णयले ९० लाख सवारी उत्पादन गर्ने लक्ष्यमा प्रभाव पार्नेछ। गत साता पनि टोयोटाले उत्तर अमेरिकाबाट हुने उत्पादन जनवरीमा ५० हजार वटा कम हुने बताएको थियो।  


प्रकाशित : मंगलबार, पुस ६ २०७८०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend