आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एक्सन स्पोर्टस् एचडी वान च्यानलले इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गर्ने

मंगलबार, वैशाख २५ २०८१
एक्सन स्पोर्टस् एचडी वान च्यानलले इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गर्ने

प्रतियोगितामा प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ।

काठमाडौं- अखिल नेपाल फुटबल संघको आयोजनामा बैशाख २६ गते देखि जेठ ९ गतेसम्म इन्टर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुँदैछ, जसको प्रत्यक्ष प्रसारण डिसहोमले गर्ने भएको छ। 

डिसहोम मिडिया नेटवर्कले उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडी वान च्यानलले गर्ने जनाएको छ।

उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फबाट बिजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए।

प्रतियोगितामा प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ।

सहभागी टिमहरुलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलहरु खेलाइने छ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुनेछ।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend