सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टाटा जेन्युइन स्पेयर पार्टसको मूल्य घट्यो, गाडीको सञ्चालन खर्चमा ३० प्रतिशतको बचत

मंगलबार, वैशाख २५ २०८१
टाटा जेन्युइन स्पेयर पार्टसको मूल्य घट्यो, गाडीको सञ्चालन खर्चमा ३० प्रतिशतको बचत

मूल्य समायोजनसँगै सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्यूइन पार्टसहरु प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ। 

मूल्य समायोजनसँगै सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्यूइन पार्टसहरु प्राप्त गर्न सक्नेछन्। 

सिप्रदीको ग्राहकमुखी अवधारण अनुरुप टाटा जेन्युइन पार्टसको मूल्य घटाइएको हो। अब टाटा कमर्सियल गाडीका ग्राहकहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युइन पार्टसको प्रयोगबाट गुणस्तरीय सर्भिसिङ तथा मर्मत कार्यको फाइदा उठाउन सक्नेछन्। 

यस मूल्य समायोजन पश्चात ग्राहकले आफ्नो गाडीको सञ्चालन खर्चमा ३० प्रतिशतसम्मको बचत गर्न सक्नेछन्।

बैशाख २३ गतेबाटै सम्पूर्ण सर्भिस सेन्टरहरुमा नयाँ मूल्य लागु हुने सिप्रदीले जनाएको छ। 

साथै सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा फेरिएका टाटा जेन्युइन पार्टसहरुमा ६ महिना वा ५० हजार किमिसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend