सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टी-ट्वान्टी र युरो २०२४ लक्षित देशका विभिन्न १५ सहरमा रोड शो गर्दै डिशहोम

मंगलबार, वैशाख २५ २०८१
टी-ट्वान्टी र युरो २०२४ लक्षित देशका विभिन्न १५ सहरमा रोड शो गर्दै डिशहोम

अन्य थप रोमाञ्चक गतिविधिहरु समेत हुनेछन्। सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी पुरस्कारहरु पनि जित्न सक्नेछन्।

काठमाडौं- डिशहोमले देशका विभिन्न १५ वटा सहरहरुमा रोड शो गर्ने भएको छ। कम्पनीले आउँदो टी-ट्वान्टी र युरो २०२४ लाई लक्षित गरी देशका विभिन्न सहरहरुमा रोड शो सुरु गरेको हो।

बैशाख २५ देखि सुरु भइरहेको रेडियो अन-ह्विल्स रोड शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचारप्रसार गर्न लागेको कम्पनीले जनाएको छ।

डिसहोमका अनुसार यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन्। महिमा भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेश लिम्बु प्रस्तोताका भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईँ तथा सुमन कार्कीजस्ता ख्यातिप्राप्त कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिनेछन्। 

अन्य थप रोमाञ्चक गतिविधिहरु समेत हुनेछन्। सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी पुरस्कारहरु पनि जित्न सक्नेछन्। 

धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन ह्विल बैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगञ्ज, जेठ १ गते हेटौँडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगञ्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भइ सम्पन्न हुनेछ।

कार्यक्रमले देशैभर हजारौँ जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ।


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend