आइतबार, जेठ ६ गते २०८१    
images
images

अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा चेपाङ समुदाय

images
मंगलबार, वैशाख २५ २०८१
images
images
अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा चेपाङ समुदाय

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाइ आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएको बताए।

images
images

चितवन- जिल्लाको इच्छाकामना गाउँपालिका-१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छिन्। गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उनी बताउँछिन्।

images
images
images

उनले भनिन्, 'छानो बउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले २५ हजार रूपैयाँ सहयोग गरेपछि केही रकम आफै जोहो गरेर खोर सम्पन्न भएको छ।' उनको खोरमा अहिले १५ वटा बाख्रा छन्। उनले यस वर्ष छवटा खसीबोका बिक्री गरेर ६० हजार रूपैयाँ आम्दानी गरेको बताइन्।

images

वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताउँछिन्। उनले भनिन्, 'गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु।'

images
images

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाइ आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएको बताए। इच्छाकामनामा प्रशस्त घाँसे जंगल भएकाले  समस्या नहुने हुँदा बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने उनले बताए। बताए। बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्ने उनी बताउँछन्। अहिले गाउँपालिकाभर ६० हजार बाख्रापालन भएको र यसलाई क्रमशः बढाएर एक लाख ५० हजार पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

images
images

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पीपीआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए।

गाउँपालिकको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उनले बताए। बाख्रापालनबारे राम्रोसँग बुझाउन र प्रवर्द्धन गर्न सकियो भने समृद्धिको बाटोमा अघिबढ्न मद्दत पुग्ने उनी बताउँछन्।

गाउँपालिका पशु शाखा प्रमुख डा सुनिल ज्ञवालीका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका सातवटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ। यही आवमा थप १० वटा खोर निर्माण हुने उनले बताए।

गत आवमा दुई सय ८७ वटा खोर निर्माण भएका थिए। बाख्रापालक किसान र गाउँपालिकाको ५०-५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको उनले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख २५ २०८१११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend