आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ग्लोबल आईएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २४ २०८१
images
ग्लोबल आईएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। 

images
images
images

यससम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन्। 

images
images

सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासिहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ।

images
images

उक्त कर्जाले नगरपालिकाभित्र उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ। 

ग्लोबल आईएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन्। 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख २४ २०८११८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend