सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सेरेसका ३ सयभन्दा बढी विद्युतीय कार नेपाली सडकमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २३ २०८१
सेरेसका ३ सयभन्दा बढी विद्युतीय कार नेपाली सडकमा

सार्वजनिक  पश्चात यो गाडीको माग अझै बढेको हो। एसयूभी चाहने नेपाली ग्राहकको प्राथमिकतालाई समेत यसले प्रमाणित गरेको छ।

काठमाडौं-  नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको विद्युतीय  कार सेरेस  ३ सय भन्दा बढी संख्यामा नेपाली सडकमा गुडिरहेका छन्।

नेपाली बजारमा बिक्री प्रारम्भ भएको छोटो समयमै सेरेस ईभी कार किन्न चाहने कार पारखीहरुको लागि सो कार मुख्य छनोटमा पर्दै आएको छ। 

बलियो तरिकाले निर्माण गरिएको गुणस्तरीय, एसयूभी लुक, प्रभावकारी रेन्ज, ग्राउन्ड क्लियरेन्स र स्लिक डिजाइनका कारण सेरेसले प्रशंसा पाएको  छ। नेपाली बजारमा सार्वजनिक भए पश्चात दिगो र रोमान्चक ड्राइभिङ अप्सन उपलब्ध गराएर सेरेसले नेपाली ग्राहकको अपेक्षाभन्दा राम्रो सवारी उपलब्ध गराएको छ। 

सार्वजनिक  पश्चात यो गाडीको माग अझै बढेको हो। एसयूभी चाहने नेपाली ग्राहकको प्राथमिकतालाई समेत यसले प्रमाणित गरेको छ।

अग्रगामी सोच राख्ने उपभोक्ताहरुको रोजाइको सवारी साधन बन्नमा सेरेस  को आकर्षक ग्राउन्ड क्लियरेन्स, उचित एसयूभी लुक र रोड प्रेजेन्सले महत्वपूर्ण भूमिका खेलेको मान्न सकिन्छ । 

सेरेसले नेपाली सडकमा आफ्नो प्रभुत्व कायम गरिरहँदा यसले व्यावहारिकता, अतुलनीय कार्यसम्पादन र नेपालको भूभागका लागि उपयुक्त विद्युतीय सवारीसाधनतर्फ महत्वपूर्ण कदमका रुपमा उभ्याएको छ। 


प्रकाशित : आइतबार, वैशाख २३ २०८११८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend