शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बानेश्वरमा अन्डरपास बनाउने प्रक्रिया अघि बढ्यो, परामर्शदाता छान्न टेन्डर

सोमबार, पुस ५ २०७८
बानेश्वरमा अन्डरपास बनाउने प्रक्रिया अघि बढ्यो, परामर्शदाता छान्न टेन्डर

त्यही योजनाअनुसार सडक विभागले १.४७ किलोमिटर लामो अन्डरपास बनाउने योजना अघि सारेको हो। 

काठमाडौं- सडक विभागले काडमाडौंको नयाँ बानेश्वर चोकमा अन्डरपास बनाउन परामर्शदाता छनोट प्रक्रिया सुरु गरेको छ। विभागले अन्डरपास बनाउनका लागि परामर्शदाता छनोट गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ। 

विभागका अनुसार परामर्श दिन चाहनेहरुले यही पुस १९ गते भित्र आसयपत्र पेस गर्नुपर्ने छ। बानेश्वर चोकमा सवारी चाप अत्याधिक भएको भन्दै सरकारले यहाँ वैकप्लिक मार्गहरुको निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो। त्यही योजना अनुसार सडक विभागले १.४७ किलोमिटर लामो अन्डरपास बनाउने योजना अघि सारेको हो।

चिनियाँ सहयोगमा कलंकीमा बनेका जस्तै अन्डरपास बानेश्वरमा पनि बनाउन लागिएको हो। सुरुमा सरकारले बानेश्वरमा फ्लाइओभर बनाउने योजना अघि सारेको थियो। तर सम्भाव्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने उपयुक्त हुने निष्कर्षमा सडम विभाग पुगेको थियो। 

अन्डरपास निर्माणको प्रक्रिया धेरै अघिदेखि सुरु भएपनि विभिन्न कारणले हालसम्म काम हुन सकेको थिए। अब भने विभागले परामर्शदाता छानोट प्रक्रिया सुरु गरेको छ।  

परामर्शदाताले उक्त अन्डरपासको डिटेल डिजाइन, ड्रइङ र अध्ययन प्रतिवेदन बनाउनु पर्नेछ। बानेश्वर अन्डरपास तीनकुनेको बागमती पुल र बबरमहलको धोवी खोला पुलबीचमा १.४७ किलोमिटरको बन्ने छ।

चीन सरकारकाे सहयोगमा नेपालमा पहिलाेपटक कलंकी चोकमा अन्डरपास बनेको हो। ३८ मिटर लामो र ४ लेनको उक्त अन्डरपास २०७५ भदाैमा निर्माणसम्पन्न गरि सञ्चालनमा आएको थियो।


प्रकाशित : सोमबार, पुस ५ २०७८११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend