आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सबैभन्दा धेरै चिनियाँ ऋण लिएर उल्झनमा परेका छन् यी २० देश

images
आइतबार, वैशाख २३ २०८१
images
सबैभन्दा धेरै चिनियाँ ऋण लिएर उल्झनमा परेका छन् यी २० देश

तेस्रो स्थानमा श्रीलंका रहेको छ। चीनबाट अत्याधिक ऋण लिएको र कोरोनाका कारण पर्यटक नआउँदा गत वर्ष श्रीलंकाले चरम आर्थिक संकट बेहोरेको थियो। २०२२ सम्म चीनले श्रीलंकालाई ८ अर्ब ९० करोड डलर ऋण दिएको छ।

images
images

काठमाडौं- चीन अमेरिका पछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। अमेरिकी अर्थतन्त्रलाई उछिनेर पहिलो बन्न चीनका लागि अझै सयौँ वर्ष लाग्ने अनुमान गरिएका छन्। 

images
images
images

आर्थिक रुपमा बलियो हुँदै गएसँगै चीनले कम विकसित र गरिब देशहरूलाई सहायतादेखि ऋणसम्म प्रदान गर्दै आएको छ। नेपाललाई पनि चीनले केही सहायता र ऋण दिँदै आएको छ। तर त्यस्तो ऋणमा ब्याज चर्को हुने गरेको आवाजसमेत उठ्दै आएको छ। 

images
images

अमेरिकाले विकासोन्मुख देशहरूलाई ऋण र अनुदानमा विकासका कार्यक्रम दिएजस्तै चीनले पनि त्यसरी अनुदान र ऋण दिन बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नामक कार्यक्रम ल्याएको छ। यही कार्यक्रममार्फत चीनले एसिया तथा अफ्रिकाका देशहरूमा ठूलो रकम ऋणमा उपलब्ध गराएको छ। 

images
images

२०२२ सम्म चीनले विभिन्न देशहरूमा अर्बौँ डलर ऋण लगानी गरिसकेको छ। तीमध्ये चीनबाट धेरै ऋण लिने २० देश र तिनले लिएको ऋण रकमबारे भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। विश्व बैंकको तथ्यांकका आधारमा यो सूची तयार भएको हो। 

२०२२ सम्मको तथ्यांकअनुसार चीनबाट सबैभन्दा धेरै ऋण लिने देशमा पाकिस्तान रहेको छ। पकिस्ताले सो वर्षसम्ममा चीनबाट २६ अर्ब ६० करोड अमेरिकी डलर ऋण लिएको हो। 

चीनबाट धेरै ऋण लिने देशको सूचीमा दोस्रो स्थानमा अंगोला रहेको छ। २०२२ सम्म अंगोलाले चीनबाट २१ अर्ब डलर ऋण लिएको छ। 

तेस्रो स्थानमा श्रीलंका रहेको छ। चीनबाट अत्याधिक ऋण लिएको र कोरोनाका कारण पर्यटक नआउँदा गत वर्ष श्रीलंकाले चरम आर्थिक संकट बेहोरेको थियो। २०२२ सम्म चीनले श्रीलंकालाई ८ अर्ब ९० करोड डलर ऋण दिएको छ। 

यसैगरि चौथो स्थानमा रहेको इथियोपियाले ६ अर्ब ८० करोड, पाँचौ स्थानमा रहेको केन्याले ६ अर्ब ७० करोड र छैटौँ स्थानमा रहेको बंगालादेशले ६ अर्ब १० करोड डलर ऋण चीनसँग लिएको छ। 

यसका साथै जिम्बियाले ६ अर्ब १० करोड, लाओसले ५ अर्ब ३० करोड, इजिप्टले ५ अर्ब २० करोड, नाइजेरियाले ४ अर्ब ३० करोड, इक्वेडरले ४ अर्ब १० करोड, कम्बोडियाले ४ अर्ब, बेलारुसले ३ अर्ब ९० करोड, क्यामरोनले ३ अर्ब ८० करोड र ब्राजिलले ३ अर्ब ४० करोड डलर ऋण चीनबाट २०२२ सम्म लिइसकेको छन्। 

ब्राजिलपछि चीनबाट धेरै ऋण लिने देशमा गणतन्त्र कंगो रहेको छ। कंगोले २०२२ सम्म चीनबाट ३ अर्ब ४० करोड डलर ऋण लिएको हो। त्यस्तै दक्षिण अफ्रिकाले ३ अर्ब ४० करोड, मंगोलियाले ३ अर्ब र अर्जेन्टिनाले २ अर्ब ९० करोड डलर ऋण चीनबाट लिएका छन्। 

चीनबाट धेरै ऋण लिएका पाकिस्तान र अंगोलाले उक्त रकम पूर्वाधार विकास र उर्जा विकासमा लगानी गरेका छन्। अहिले यी दुवै देशलाई उक्त ऋणको बोज बढ्दै गएको छ। २०२४ को फेब्रुअरीमा चीनले पाकिस्तानलाई दिएको २ अर्ब ऋणको अवधि बढाइदिएको छ। त्यस्तै मार्चमा अंगोलाले मासिक रुपमा तिर्नुपर्ने ब्याज/किस्ता रकम घटाइदिन आग्रह गरेको थियो। अंगोलाको सबैभन्दा धेरै ऋण चाइना डेभलपमेन्ट बैंक (सीडीबी)सँग रहेको छ। 

के चीन तनावमा छ?

चीनले बीआरआई परियोजना अन्तर्गत विकासशोन्मुख देशहरूमा ठूलो लगानी गरेको/गरिरहेको छ। २०२२ सम्मको तथ्यांकअनुसार बीआरआई अन्तर्गत चीनले १० खर्ब डलरभन्दा बढी लगानी गरिरहेको छ। 

एसिया, अफ्रिका तथा युरोपका देशसँग चीनको ब्यापार वृद्धि गर्ने उद्देश्य अनुरुप चीनले बीआरआई परियोजनामा लगानी गरिरहेको हो। यसरी बीआरआई अन्तर्गत गरिएको ऋण लगानीमा निकट भविष्यमै समस्या आउने अनुमान गरिएको छ। २०२३ को एडडेटाले सार्वजनिक गरेको विवरणअनुसार चीनले ऋण दिएका र उक्त लगानी गरिएका ८० प्रतिशत ऋण समस्यामा समस्या देखिएको छ। 

चीनले भने बीआरआईले विश्वको विकासलाई निर्देशित गर्ने दाबी गरेको छ। तर पश्चिमा समालोेचकहरूले भने चीनले बीआरआईमार्फत विकास उन्मुख देशहरूलाई ऋणको पासोमा पार्ने कुटनीति अवलम्बन गरेको बताउँदै आएका छन्। 


प्रकाशित : आइतबार, वैशाख २३ २०८१०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend