शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ५ २०७८
मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

यसवर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो।

हेटौँडा- मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो।

गतवर्ष ४४ हजार ४० मेट्रिकटन  उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए। उनको अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको हो।

जिल्लामा यसवर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो। उनले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ। 

जिल्लामा कूल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनको भनाइ छ। उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५१३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताए।

जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ। जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ। सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ। त्यहाँ तीन हजार ९ २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ।

हेटौँडा उपमहानगरपालिकामा दुई हजार, थाहा नगरपालिकामा २००, बागमतीमा दुई  हजार ७००, बकैयामा एक हजार ७००, मकवानपुरगढीमा एक हजार ४००, कैलाशमा एक हजार १००, भिमफेदीमा २००, राक्सिराङमा १५० र इन्द्रसरोबर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ। रासस


प्रकाशित : सोमबार, पुस ५ २०७८०६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend