शनिबार, जेठ ५ गते २०८१    
images
images

म्याग्दीमा ९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

images
शनिबार, वैशाख २२ २०८१
images
images
म्याग्दीमा ९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

त्रिभुवन मंगला मावि र र्‍यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो।

images
images

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका-२ र्‍यालेखोर र भाइवाङमा ९२ लाख रूपैयाँ लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ। 

images
images
images

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार नौ सय ८७ रूपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन्।

images

उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए।

images
images

'यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो', उनले भने, 'वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो।' मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए।

images
images

नेवा संस्थाको ३८ लाख ७१ लाख तीनसय सात रूपैयाँ, मंगला गाउँपालिकाको २७ लाख रूपैयाँ अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ रूपैयाँ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ। 

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप तीन लाख ७५ हजार दुई सय १२ रूपैयाँ नगद संकलन गरिएको थियो। त्रिभुवन मंगला मावि र र्‍यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो।

नेवा संस्थाको सहयोगमा मंगला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन्। संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताए। खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उनले बताए। रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend