आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सिप्रदीयन सहायता संस्थाद्वारा पर्वतमा विद्यालय भवन मर्मतका लागि आर्थिक सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
सिप्रदीयन सहायता संस्थाद्वारा पर्वतमा विद्यालय भवन मर्मतका लागि आर्थिक सहयोग

सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो।

काठमाडौं- सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वत जिल्लामा रहेको श्री तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

सिप्रदीयन सहायता संस्थाको कार्यसमिति सदस्य शारदा राणा तथा सस्थाका आजीवन सदस्य सावन्तजंग सिजापति तथा सस्थाको प्रतिनिधिहरु रजत श्रेष्ठ र बिमल गौतमको उपस्थितिमा विद्यालयको व्यवस्थापन समिति अध्यक्ष विशाल महतलाई सहयोग रकम हस्तान्तण गरेको हो। 

सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ। यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि गरिएको हो। 

यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्नुका साथै दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ। 

साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पुर्‍याउने निष्ठा राखेको छ। यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पूनव्र्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend