आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्लाष्टिक खपत न्यूनीकरण गर्न ग्लोबल आईएमई बैंकले गर्‍यो प्रतिबद्धता

शुक्रबार, वैशाख २१ २०८१
प्लाष्टिक खपत न्यूनीकरण गर्न ग्लोबल आईएमई बैंकले गर्‍यो प्रतिबद्धता

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लाष्टिक’ (प्लाष्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ।

यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लाष्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ।

यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भइ सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरूमा विस्तार हुनेछ।

बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लाष्टिक खपत न्यूनीकरण गर्ने र प्लाष्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरू गर्दै आएको छ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।

ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend