शनिबार, जेठ ५ गते २०८१    
images
images

महाराजगञ्जमा अत्याधुनिक भवनबाट सेल्सबेरी स्टोरको सेवा सुरु

१६ तला अग्लो सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड लगानी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
images
images
महाराजगञ्जमा अत्याधुनिक भवनबाट सेल्सबेरी स्टोरको सेवा सुरु

कम्पनीले यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु सञ्चालन गर्न गएको र हरेक वर्ष सानो, मध्यम तथा ठूलो स्तरको १०/१५ वटा सम्म शाखा सञ्चालनको विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

images
images

काठमाडौं- चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गरेको छ।

images
images
images

३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा सञ्चालित सेलवेज ग्रुपअर्न्तगत रहेको सेलवेज क्यास एण्ड क्यारी प्रालि विगत १० वर्षदेखि सेल्सवेरी ब्राण्डमा व्यापार, व्यवसाय गर्दै आएको छ। महाराजगञ्जको सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्गले जानकारी दिए।

images

९ रोपनी क्षेत्रफल ओगटेको १६ तला अग्लो सेल्सबेरी सुपरस्टोरको उक्त अत्याधुनिक भवनमा ४ तला बेसमेन्ट पार्किङ रहेको छ। भुइँ तलादेखि छैठौँ तलासम्म डिपार्टमेण्टल स्टोर सञ्चालन हुने कम्पनीले जनाएको छ।

images
images

हाल ३२ वटा शाखामार्फत व्यापार, व्यवसाय गर्दै आएको सेल्सबेरीले बिहीबारबाट महाराजगञ्जमा ग्राण्डबाट सुरु गरेको छ। अत्याधुनिक भवनमार्फत अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने विश्वास लिएको सेल्स बेरीले जनाएको छ।

images
images

सन २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको सेल्सवेरीले आफ्नो व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्रियाकलापहरु पनि गर्दै आइरेको छ। देशले समय समयमा भोग्दै आएको विषम परिस्थितिमा आफ्नो सहयोग मार्फत राज्यसँग हातेमालो समेत गर्दै आएको छ। 

salesberry maharajgunj.jpg

शुक्रबारबाट सुरु भएको नयाँ अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्वस्तरीय रेष्टुरेण्टसहित स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु उचित मूल्यमा उपलब्ध गरी ग्राहकको विश्वास जित्नेमा कम्पनीले विश्वास लिएको छ।

सातौँ र आठौँ तलामा विभिन्न कर्पोरेट अफिसहरु रहने छन्। नवौँ, दशौँ तथा एघारौँ तलामा जिम, फिटनेस सेन्टर, स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार सञ्चालन हुने कम्पनीले जनाएको छ।

बाह्रौँ तलामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर सञ्चालन हुनेछ। उक्त भवनको तेह्रौँ तलामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रीमा दृस्यावलोकन गर्न सकिने छ।

सेल्सवेरीले अर्को शाखा पनि सञ्चालन गर्न लागेको सीईओ सुशील प्रधानाङ्गले जनकारी दिए। कालिमाटीमा अवस्थित कालिमाटी ट्रेड सेन्टरमा अर्को शाखा सञ्चालन गर्न लागेको सेल्सबेरीले जनाएको छ। बैशाख २१ गते उक्त शाखाको सुरुवात हुने उनको भनाइ छ।

महाराजगञ्जको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको सुरुवातको उपलक्ष्यमा कम्पनीले ग्राहकका लागि लक्की ड्र स्किममार्फत मार्फत बम्पर पुरस्कारको रुपमा एमजी कमेट ईभी पेस ईलेक्ट्रिक कार तथा प्रथम पुरस्कार वापत सेजवे नाइनबुट ई १०० स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरु लक्की ड्र स्कीममार्फत राख्ने जनाएको छ।

कम्पनीले यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु सञ्चालन गर्न गएको र हरेक वर्ष सानो, मध्यम तथा ठूलो स्तरको १०/१५ वटा सम्म शाखा सञ्चालनको विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीले विगत १० वर्षदेखि सेल्सवेरी व्राण्डमा हाल ३२ वटा शाखामार्फत आफ्नो व्यापार, व्यवसाय सञ्चालन गर्दै आइरहेको छ। सन् २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको सेल्सवेरीले जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८१०१:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend