शनिबार, जेठ ५ गते २०८१    
images
images

मर्मतका क्रममा काल्चेमा सडक भत्किएपछि कान्तिलोकपथ बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
images
images
मर्मतका क्रममा काल्चेमा सडक भत्किएपछि कान्तिलोकपथ बन्द

मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक बैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो।

images
images

ललितपुर- कान्तिलोकपथ बन्द भएको छ। मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताएका छन्।

images
images
images

'काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा क्षति भएको छ। भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन। अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ', उनले भने।

images

मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक बैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो। रासस

images
images


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८१११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend