शनिबार, जेठ ५ गते २०८१    
images
images

पशुपालक किसानलाई आत्मनिर्भर बनाउन पालिकाको अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
images
images
पशुपालक किसानलाई आत्मनिर्भर बनाउन पालिकाको अनुदान

पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बीउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ। चालु आर्थिक वर्षमा एक लाख ५० हजार बीउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने छ।

images
images

पर्वत- पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिकाले पशुपालक किसानलाई अनुदान दिने भएको छ।

images
images
images

महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका  किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गरिने भएको छ।

images

महाशिला गाउँपलिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु, भैँसीपालन गर्ने किसानलाई उक्त अनुदान दिनेछ। चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट एक सयजना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि २५ लाख रुपैयाँ प्रदान गरिने छ। 

images
images

अनुदान लिने किसानले कम्तीमा पाँचवटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान छ। अनुदान पालिकाका छवटै वडाका पशुपालन गर्ने निजी फार्म, कृषक समूह, सहकारी वा साझेदारी फार्मलाई पनि समेटिएको छ।

images
images

त्यसैगरी भकारो सुधार कार्यक्रमका लागि तीन लाख ५० हजार अनुदान वितरण गरिने भएको छ। गाउँपालिकाभित्रका ५० जना किसानलाई भकारो सुधारका लागि अनुदान दिने उनले बताए।

कम्तीमा एउटा गाई, एक हल गोरु र एउटा भैँसी पालेका किसानलाइ सात हजार रुपैयाँका दरले अनुदान दिइने छ। पालिकाको एउटा वडामा १५ रोपनी क्षेत्रफलमा घाँसको स्रोत केन्द्र बनाउनका एक लाख ५० हजार रुपैयाँ अनुदान दिइने छ। स्रोत केन्द्रबाट पालिकाका छवटै वडामा घाँसको बीउ र बिरुवा विस्तार गरिने छ। 

पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बीउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ। चालु आर्थिक वर्षमा एक लाख ५० हजार बीउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए।  

अनुदान लिनका लागि कृषक, सहकारी वा साझेदारी फार्मले पन्ध्र दिनभित्र संस्था वा फार्म दर्ताको प्रमाणपत्र, नागरिकता, निवेदन, जग्गाको जग्गाधनी पुर्जाजस्ता कागजात पालिकाको पशु सेवा शाखामा पेस गर्न अनुरोध गरिएको छ। पालिकाले केही वर्षअघिदेखि मासु र दूध उत्पादनमा पनि अनुदान दिँदै आएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८१११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend