बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

स्वदेशी माछा दानाले बजार पाएन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ५ २०७८
images
स्वदेशी माछा दानाले बजार पाएन

'लागत मूल्य बढी पर्दा बजार पाउन सकेन।'

images
images

चितवन- चितवनमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ। मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन्। 

images
images
images

पूर्वी चितवनको रत्ननगर नगरपालिका-१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ।

images
images

उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयातित माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिए। उनले भने, 'लागत मूल्य बढी पर्दा बजार पाउन सकेन।'

images
images

नेपालमा उत्पादित दानाको मूल्य र आयातित दानाको मूल्यमा नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले महँगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उनको भनाइ छ। 

माछालाई आवश्यक पर्ने तत्व रहेको नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी हुने गरेको उनले दुखेसो गरे। उनले भने, 'बजारमा माग हुन नसक्दा उत्पादन बढाउन सकिएन।'

गत वर्षदेखि सञ्चालनमा आएको यस उद्योगले हालसम्म करिब ४ सय टन दाना बिक्री गरेको उनले बताए। बजारमा स्वदेशी दानाको माग कमी हुँदा अहिले आंशिक रुपमा उद्योग सञ्चालनमा रहेको उद्योगका व्यवस्थापक रमेश पाण्डेले जानकारी दिए। 

उनका अनुसार दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयातित कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो। नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत एक करोड ९० लाख २५ हजार रूपैयाँ अनुदान र मत्स्य व्यवसायीको गरी १८ करोड रूपैयाँको लगानीमा निर्माण गरिएको हो। 

रत्ननगर उद्योग वाणिज्य सङ्घको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बता । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिए पनि यहाँ उत्पादित दानाले बजार नपाउँदा व्यवसायी चिन्तित बनेका हुन्। पाण्डेले भने, 'परम्परागत दानाको भरमा व्यवसाय चलाउने गर्दा आधुनिक तयारी दानाले वजार पाउन नसकेको हो।'

नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले स्वदेशमा उत्पादित दानालाई सरकारले प्रवर्द्धन गर्नुपर्ने बताए। उनले भने, 'लागत मूल्य घटाउन कच्चा पदार्थको भन्सार छुटको व्यवस्था गरिदिनु पर्छ।' जिल्लामा मात्र एक हजार ३०७ जना माछापालक किसान रहेका छन्। यहाँ गत वर्ष चार हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो। यस वर्ष ६ हजार ६५३ मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए। 

नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले जाडो मौसम सुरु भएसँगै माछाले दाना कम खाने भएकाले बजारमा दाना बिक्री नभएको बताए। उनले भने, 'नेपालमा पालिने माछा न्यानो पानीमा हुने भएकाले जाडो मौसममा दाना कम प्रयोग हुने गर्दछ।'

नेपालमा उत्पादित दानाको मूल्य केही महँगो भएका कारण पनि समस्या आएको उनको भनाइ छ। भन्सारमा कच्चा पदार्थको मूल्य भन्दा आयातित दानाको मूल्य कम रहेका कारण पनि नेपालमा उत्पादित दाना बिक्री वितरणमा समस्या आएको उनले बताए। नेपालमा हाल १२ हजारभन्दा बढी व्यावसायिक रुपमा माछापालन गर्ने कृषक छन्। रासस


प्रकाशित : सोमबार, पुस ५ २०७८०५:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend