बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

रेष्टुराँ व्यवसायीले मूल्य बढाए

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ५ २०७८
images
रेष्टुराँ व्यवसायीले मूल्य बढाए

हालै सम्पन्न  रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो। भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य एक सय २० र चिकेन मःमको एक सय ४० तोकिएको छ। 

images
images

काठमाडौं- खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै बगलुङका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् । 

images
images
images

हालै सम्पन्न  रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो। भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य १ सय २० र चिकेन मःमको १ सय ४० रूपैयाँ तोकिएको छ। 

images
images

यसअघि भेज र बफ मःम प्रतिप्लेटको मूल्य एक सय थियो। चिकेन मःमको १ सय २० रूपैयाँ थियो। यस्तै भेज चाउमिन एक प्लेटको एक सय २०, बफको  एक सय ५० र चिकेनको एक सय ७० दररेट कामय गरिएको छ।

images
images

भेज चाउमिन आधा प्लेटको ६०, बफको ९० र चिकेनको  एक सय मूल्य राखिएको छ। व्यवसायीले पाँच वर्षको अन्तरमा मःम र चाउमिनको मूल्य बढाएका हुन्। 

‘बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो’ बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भने। उनका अनुसार रेष्टुराँमा बढी चल्ने मःम र चाउमिनमा मात्रै मूल्य थप गरिएको हो। अन्य परिकारको दररेट भने पुरानै यथावत छ । नयाँ दररेट आजैदेखि लागू भएको सङ्घले जनाएको छ। 

‘पाँच÷छ वर्ष भइसकेको थियो मूल्य नबढेको, रेष्टुराँ व्यवसायीहरुको माग अनुसार मूल्य समायोजन गरिएको हो’, उनले भने।

बजारमा ग्यास, तरकारीदेखि दैनिक उपभोग्य वस्तुको मूल्य वर्षेनी बढ्दो छ। सङ्घको तथ्याङ्कअनुसार जिल्लाभर दुई सयभन्दा बढी रेष्टुराँ छन्। यसमा करोडौँमा लगानी छ भने सयौँले रोजगारी पाएका छन्। शहरी क्षेत्रमा रेष्टुराँ संस्कृति बढेसँगै स्तरीय रेष्टुराँ खुल्ने क्रम पनि उत्तिकै छ। रासस


प्रकाशित : सोमबार, पुस ५ २०७८०२:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend