शुक्रबार, जेठ ४ गते २०८१    
images
images

घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदूर

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १९ २०८१
images
images
घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदूर

घर बन्नै छाडेपछि घर निर्माण परामर्शदाता कम्पनीहरु कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यास नगरपालिका घर नक्सा शाखाका इन्जिनियर अमृत केसीले बताए।

images
images

तनहुँ- व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रंग लगाउने (पेन्टिङ) थियो। विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उनी अहिले तरकारी व्यापारमा लागेका छन्।

images
images
images

आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रंग लगाउने सेन्चुरी जस्ता मजदूरहरु जीविकाका लागि वैकल्पिक पेसा अपनाउन बाध्य छन्।

images

'पेन्टिङको काम पाउन छोडेपछि तरकारी व्यापारमा लाग्नुप-यो', मोटरसाइकलमा तरकारी बेच्दै हिँडेका सेन्चुरीले भने, 'अहिले बिहानदेखि बेलुकासम्म टोलबस्तीमा तरकारी बेच्न थालेको छु।'

images
images

पहिले प्रत्येक टोलमा दुईतीनवटा नयाँ घर बन्ने गथ्र्यो। पेन्टिङको काम भ्याइनभ्याइ हुने गरेकामा करिब दुई वर्षदेखि घर बन्न छाडेको छ। त्यसपछि विकल्पका रुपमा तरकारी व्यापार गर्नुपरेको उनको भनाइ छ। तरकारी बिक्री गर्दा प्रतिस्पर्धा धेरै भएकाले थोरै फाइदा हुने उनले बताए। 

images
images

दैनिक घरको मिस्त्री काम गर्दै आएका व्यास- १० दुम्सीचौरका राजु दरै राहदानी बनाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा छन्।

'पहिले दुईजना ठेकेदारको सम्पर्कमा कुनै दिन  कामविहीन हुनु परेको थिएन', दरैले भने, 'एक वर्षदेखि बेरोजगार भएपछि घरमै कति बस्नु भनेर विदेश जाने सोचले राहदानी बनाएँ।'

उनले घर निर्माणमा मजदूरी गर्दा दैनिक आठ घण्टामा ९ सय रुपैयाँ कमाउने गर्थे। अहिले मिस्त्री र सहयोगी मजदूर कामविहीन हुनुपरेको उनको भनाइ छ। 

व्यास- १ गल्बुबेँसीका घर निर्माण ठेकेदार सन्तबहादुर तामाङले पनि घर बन्न छोडेपछि धेरै मजदूर बेरोजगार भएको बताए। 'पहिले वर्षमा १२/१५ वटा घर सजिलै बनाइन्थ्यो। त्यसका लागि २०/२२ जना मजदूर नियमित खटाउथेँ', तामाङले भने, 'तर अहिले वर्षमा एउटा पनि घरको ठेक्का पाएको छुइन।'

दमौली बजारमा पेन्टिङको काम गर्ने दर्जनौँ पेन्टर खाडी मुलुक गइसकेको उनले बताए। आर्थिक गतिविधि सुस्ताएपछि सबैभन्दा बढी असर घर निर्माणमा खटिँदै आएका ठेकेदार र मजदूरलाई परेको निर्माण व्यवसायी संघ तनहुँका पूर्वअध्यक्ष टीकानिधि पौडेलले बताए। 

जिल्लाका एक सय ८० निर्माण व्यवसायीहरु निर्माण व्यवसायी संघमा आबद्ध छन्। घर बन्नै छाडेपछि घर निर्माण परामर्शदाता कम्पनीहरु कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यास नगरपालिका घर नक्सा शाखाका इन्जिनियर अमृत केसीले बताए। 

व्यास नगरपालिकाबाट घर नक्सा पास गर्ने क्रम घटेको छ। आर्थिक बर्ष २०७६/७७ मा बार्षिक चार सय ५० वटा घर नक्सा पास भएकामा आर्थिक वर्ष २०७७/७८ मा वार्षिक दुई सय ६० वटा र आर्थिक वर्ष २०८०/८१ को पछिल्लो नौ महिनामा जम्मा दुई सय घरको नक्सा पास भएको इन्जिनियर केसीले जानकारी दिए। रासस 


प्रकाशित : बुधबार, वैशाख १९ २०८१०१:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend