शनिबार, साउन ३ गते २०८२    
शनिबार, साउन ३ २०८२
images
images

सुधारतर्फ बढ्यो सेयर बजार, पुन: २००० बिन्दुमाथि, ४ अर्ब ८० करोडको कारोबार

images
मंगलबार, वैशाख १८ २०८१
images
images
सुधारतर्फ बढ्यो सेयर बजार, पुन: २००० बिन्दुमाथि, ४ अर्ब ८० करोडको कारोबार
images

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा हरियाली देखिएको छ। यो साता पहिलो कारोबारमा आइतबार हरियाली देखिए पनि दोस्रो कारोबारमा सोमबार स्थिर देखिएको बजार तेस्रो कारोबारमा मंगलबार पनि उकालोतिर नै लागेको हो। 

images
images

मंगलबार २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा पुगेको छ। २ सय १५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ। २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साता आइतबार १४.३३ अंकले बढेको बजार सोमबार ०.०७ अंकले बढेर बजार १९८०.३४ बिन्दुमा पुगेको थियो।

images
images
images

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा अहिले हरियाली देखिएको छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend