मंगलबार, जेठ ८ गते २०८१    
images
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

images
मंगलबार, वैशाख १८ २०८१
images
images
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार पनि सुन सोमबार निर्धारित मूल्यै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

images
images
images

सोमबार प्रतितोला चारसय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार दुईसय रूपैयाँमा झरेको थियो भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार पाँचसय ५० रूपैयाँ कायम थियो।

images

मंगलबार पनि सुन सोमबार निर्धारित मूल्यै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

यो साता आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेको थियो।

images
images

चाँदीको मूल्य भने आज घटेको छ। सोमबार तोलामा पाँच रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend