आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार, वैशाख १८ २०८१
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार पनि सुन सोमबार निर्धारित मूल्यै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला चारसय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार दुईसय रूपैयाँमा झरेको थियो भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार पाँचसय ५० रूपैयाँ कायम थियो।

मंगलबार पनि सुन सोमबार निर्धारित मूल्यै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेको थियो।

चाँदीको मूल्य भने आज घटेको छ। सोमबार तोलामा पाँच रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend