शुक्रबार, जेठ ४ गते २०८१    
images
images

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १८ २०८१
images
images
डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति
सांकेतिक तस्बिर।

डढेलो नियन्त्रणको प्रयास भए पनि हुरीबतासका कारण त्यो पूर्ण रूपमा सफल नभएको डिभिजन वन कार्यालयले जनाएको छ।

images
images

उदयपुर- केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जंगलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जंगलका रुखबिरुवामा क्षति भएको छ।

images
images
images

डिभिजन वन कार्यालयका अनुसार दशदिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र त्रियुगा नगरपालिकाबीच क्षेत्रको फुलजोर देवीस्थान, सरस्वती, बेल्टार सामुदायिक वनमा क्षति भएको हो।

images

खडेरीका कारण जंगल क्षेत्रमा डढेलो चारैतिर फैलिएकाल साना रुख बिरुवामा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले बताए।

images
images

यसैगरी, जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका-५ क्षेत्रका जंगलमा पनि डढेलो लाग्दा वनमा क्षति भएको छ।

images
images

डढेलो नियन्त्रणको प्रयास भए पनि हुरीबतासका कारण त्यो पूर्ण रूपमा सफल नभएको डिभिजन वन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend