शुक्रबार, जेठ ४ गते २०८१    
images
images

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १८ २०८१
images
images
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ। आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ।

images
images

म्याग्दी- गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्। यो पालिकाको-६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा २ करोड ३३ लाख रुपैयाँको लागतमा ती आयोजना सम्पन्न भएका हुन्। 

images
images
images

ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ। आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ।

images

 गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो। 

images
images

आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको १ करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदानसहित २ करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

images
images

ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका दुई हजार तीन सय ८० खानेपानी आयोजनाबाट ६३ हजार घरपरिवार लाभान्वित भएका जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend