सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १७ २०८१
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो

बैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायोसँगै निउरो, वनलसुन, वनधनिया, टुसा, च्याउसमेत सङकलन गर्ने गरिएको छ।

म्याग्दी- म्याग्दीका लेकाली क्षेत्रका वनजंगलमा ढकायो टिप्न थालिएको छ। तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ। 

जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जा लगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन्। 

रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेका जीवन छन्त्यालले अहिले लेकाली क्षेत्रका जंगलहरूमा ढकायो टिप्ने चटारो बढेको बताए। एकप्रकारको जंगली साग ढकायोका पात र डाँठलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिएका उनले बताए।

त्यसलाई गुन्द्रक बनाएर बेमौसममा समेत उपभोग गनेृ गरिन्छ। सो गुन्द्रक उपहारका रुपमा देशका विभिन्न भूभाग र विदेशमा समेत लैजाने चलन रहेको कुइनेमङ्गलेका नरे छन्त्यालले जानकारी दिए।

बैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायोसँगै निउरो, वनलसुन, वनधनिया, टुसा, च्याउसमेत सङकलन गर्ने गरिएको उनले बताए। रासस 


प्रकाशित : सोमबार, वैशाख १७ २०८११५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend