आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

टाटा मोटर्सको म्याक्सचेञ्ज मेलाको भोलि अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १५ २०८१
टाटा मोटर्सको म्याक्सचेञ्ज मेलाको भोलि अन्तिम दिन

म्याक्सचेञ्ज मेला टाटा मोटर्सको नेपालभरी रहेको शोरुमहरुमा आयोजना भइरहेको छ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरिरहेको म्याक्सचेञ्ज मेला कार्यक्रम भोली आइतबार अन्तिम दिने हो। 

यस मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स ईभी साट्न सकिनेछ। ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै सिप्रदीले यो मेला आयोजना गरेको जनाएको छ। 

म्याक्सचेञ्ज मेला टाटा मोटर्सको नेपालभरी रहेको शोरुमहरुमा आयोजना भइरहेको छ।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन्।

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै यस कार्यक्रममा सहभागी भइ नयाँ टाटा नेक्सन ईभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ। 


प्रकाशित : शनिबार, वैशाख १५ २०८११८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend