आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको सहमति, महँगो शुल्क तिर्दै आएका लगानीकर्तालाई राहत

अर्काे सातादेखि कार्यान्वयनमा जाने

images
शुक्रबार, वैशाख १४ २०८१
images
ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको सहमति, महँगो शुल्क तिर्दै आएका लगानीकर्तालाई राहत
images
images

काठमाडौं- दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई राहत हुनेगरी ब्रोकर कमिसन घटाउन अर्थमन्त्री वर्षमान पुनले सहमति दिएका छन्। 

images
images
images

नेपाल धितोपत्र बोर्डले कमिसन घटाउन प्रस्ताव गरेको महिनौँपछि बल्ल गएको बुधबार अर्थमन्त्री पुनले सहमति दिएका हुन्।

images
images

५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.२७ प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२४ प्रतिशत ब्रोकर कमिसन लिन पाउनेगरी भएको बोर्डको प्रस्तावमा सहमति दिइएको हो। 

images
images

‘बोर्डले गरेको प्रस्ताव अर्थमन्त्रीज्यूले स्वीकृत गर्नुभएको छ, अब बोर्डको बैठक बसेर निर्णय गरेपछि कार्यान्वयनमा जानेछ,’ बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने। अर्को हप्ता बोर्डको बैठक बसेर निर्णय हुने अधिकारीले जानकारी दिए।

हाल ८७ वटा ब्रोकर कम्पनीहरू कारोबारमा रहेका छन्। दोस्रो बजारमै १५ लाखभन्दा बढी लगानीकर्ता सक्रिय छन्। 

हाल ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२७ प्रतिशत ब्रोकर कमिसन शुल्क तिर्दै आएका छन्।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend