आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आजबाट सुरु भयो टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १४ २०८१
आजबाट सुरु भयो टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

मेला आज (शुक्रबार)बाट १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना भएको हो।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेको म्याक्सचेञ्ज मेला आजबाट सुरु भएको छ। 

यस मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स ईभी साट्न सकिनेछ। 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको सिप्रदीले जनाएको छ। 

मेला आज (शुक्रबार)बाट १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना भएको हो। 

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका पाइने छ। त्यस्तै कम्पनी बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारसमेत राखेको छ। 

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन्। साथै यस कार्यक्रममा सहभागी भइ नयाँ टाटा नेक्सन ईभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउन सकिने कम्पनीको भनाइ छ।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८११६:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend