आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार १४ सयले बढ्यो

शुक्रबार, वैशाख १४ २०८१
बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार १४ सयले बढ्यो

शुक्रबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेर प्रतितोला एक लाख एक लाख ३७ हजार दुईसय रूपैयाँ कायम भएको छ।

काठमाडौं- सुनको मूल्य नेपाली बजारमा शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुईसय रूपैयाँ पुगेको छ।

बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर एक लाख ३७ हजार रूपैयाँभन्दा माथि पुगेको हो।

शुक्रबारका लागि तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख ३६ हजार पाँचसय ५० रूपैयाँ तोकिएको छ।

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार दुई दिनको अवधिमा ३ हजार ८ सय रूपैयाँले सुनको मूल्य घटेको थियो।

बुधबार प्रतितोला पाँचसय रूपैयाँले उकालो लागेको सुनको मूल्य बिहीबार पुन: ओरालो लागेकामा शुक्रबार फेरि बढेको हो।

चाँदीको मूल्य पनि आज प्रतितोला २० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रूपैयाँ तोकिएको थियो।


प्रकाशित : शुक्रबार, वैशाख १४ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend