सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १३ २०८१
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्ने गरेको छ।

चितवन- खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ। 

बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईंले जानकारी दिए।

कार्यालय प्रमुख गुरागाईंले नारायणी लिफ्ट सिँचाइ योजनाबाटएक दशकपछि किसानको मागअनुसार मकै र धान बालीलाई लक्षित गरी हिउँदमा पनि पानी छाडिएको बताए। उनले दुई हजार लिटर प्रतिसेकेण्ड पानी तान्ने सानो पम्प जडानपछि हिउँदमा पनि पानी छाड्न सहज भएको बताए। 

त्यसअवसरमा नगरप्रमुख दाहालले खडेरीले मकै सुक्न थालेपछि किसानको सहजताका लागि पानी छाडिएको बताइन्। आकाशे पानी नपर्दा सिँचाइको वैकल्पिक उपायका रूपमा लिफ्ट सञ्चालन गरिएको र यसले स्यालो र डिप ट्युबेलका लागि पानी रिचार्जमा  सघाउँ पुग्ने अपेक्षा गरिएको उनको भनाइ थियो। 

महानगर प्रमुख दाहालले ३९ करोडको ठेक्का लगाएर नारायणी लिफ्टमा नयाँ मेसिन जडान गर्न लागिएको र हाल दुई वटा मेसिन जडानको काम सम्पन्न भइसकेको बताइन्। 

‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्ने गरेको छ।

नारायणी लिफ्ट सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि विसं ०६९ पछि यसवर्ष पहिलो पटक हिउँदमा पनि नारायणी लिफ्टको पानी छाडिएको बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख १३ २०८११९:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend