आइतबार, वैशाख २३ गते २०८१    
images
images

आर्थिक वृद्धिका लागि मुख्य क्षेत्र ऊर्जा हो, निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ

images
images
images
आर्थिक वृद्धिका लागि मुख्य क्षेत्र ऊर्जा हो, निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ
images
images

आज भन्दा २५ वर्षअघि स्थापना भएको इप्पान हरेक दिन आफूलाई परिपक्क बनाउँदै गइरहेको छ। पाँचवटा जलविद्युत आयोजनाबाट सुरु भएको इप्पानमा अहिले ५ सयभन्दा धेरै विद्युत उत्पादक कम्पनीहरू सदस्य रहेका छन्। जलविद्युत उत्पादनमा निजी क्षेत्रलाई भित्र्याउने गरी विद्युत ऐन २०४९ जारी भएपछि सरकारको साथ सहयोग र सहि मार्ग दर्शनबाट नै आज देशमा निजी क्षेत्रले मात्र २४ सय मेगावाट उत्पादन गर्न सक्षम भएको छ।

images
images
images

अहिले ३ हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने त्यति नै क्षमताका आयोजनाहरू विद्युत खरिद बिक्री सम्झौता गरेर वित्तीय व्यवस्थापन गर्ने चरणमा रहेका छन्। ९ हजार मेगावाट क्षमताका आयोजनाहरू पीपीएको पर्खाइमा छन् भने १२ हजार मेगावाट क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेका छन्।

images

यी सबै आयोजनामा गरेर निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ यस क्षेत्रमा लगानी भइसकेको छ। यसमा ५० लाख जनता प्रत्यक्ष सहभागी भएका छन्।

images

देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधहरू ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने र आर्थिक वृद्धिमा सहयोग गर्ने एउटा मुख्य क्षेत्र भनेकै ऊर्जा हो।

images
images

जलविद्युत लगायतका ऊर्जा आयोजनाको नियमित निर्माणले ऊर्जा आयोजनामा सामान आपूर्ति गर्ने विभिन्न क्षेत्रका दर्जनौँ उद्योग व्यवसायले जीवनदान पाएका छन्। ऊर्जा आयोजना निर्माणको चरणमा पाँच लाखभन्दा धेरै दक्ष/अर्धदक्ष तथा अदक्ष कामदारले रोजगारी पाएका छन्।

जलविद्युत आयोजना निर्माण भएका ठाउँमा आयोजनाका तर्फबाट हजारौँ किलोमिटर सडक सञ्जाल विस्तार हुनुका साथै, हरेक गाउँमा खानेपानी, स्वास्थ्य र शिक्षामा समेत ठूलो लगानी भएको छ। राज्यले पनि बर्सेनि अर्बौं रुपैयाँ रोयल्टी पाउँदै आएको छ।

पछिल्लो समय त नेपालबाट छिमेकी मुलुकमा विद्युत निर्यात गरेर विदेशी मुद्रा आर्जन र व्यापार घाटा न्यूनीकरणमा समेत ठूलो योगदान पुगेको छ। यसमा निजी क्षेत्रको अतुलनीय योगदान रहेको कुरा जानकारी गराउन चाहन्छु।

सरकारको साथ र सहयोगबिना निजी क्षेत्र यसरी फस्टाउन सक्ने कुरा कल्पनासमेत गर्न सकिन्न। तर सरकारले हेरिदिनुपर्ने धेरै ठाउँहरू अझै पनि बाँकी नै छन्।

वन, भूमि, स्थानीय स्तरमा आउने समस्या समाधानका सरकार अझ बढी उदार हुने हो भने सरकारले अघि सारेको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य भेटाउन निजी क्षेत्र खुलेर अघि आउने कुरा जानकारी गराउन चाहन्छु।

विश्वको ध्यान हरित ऊर्जा उत्पादन र उपयोगमा केन्द्रित भइरहेको छ। नेपालमा स्वच्छ ऊर्जाको रुपमा कम्तिमा १ लाख २० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता छ। जलविद्युत आयोजनालाई क्यू २५ मा निर्माण गर्ने हो भने नेपालको विद्युत उत्पादन क्षमता २ लाख मेगावाट नाघ्ने देखिएको छ। त्यसैले अहिले विश्वको ध्यान पनि नेपालमा केन्द्रित भएको छ।

हाइड्रो एक्स्पो सकिएलगत्तै सरकारले लगानी सम्मेलनको आयोजना गर्दैछ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा सम्मेलनलाई सफलताका लागि नै हामीले यो एक्स्पो आयोजना गरेका हौँ। हामीले एक्स्पो र यसक्रममा भएका विभिन्न प्राविधिक सत्रहरूमा नेपालमा बिजुली कसरी बनाउन सकिन्छ भनेर व्यापक रुपमा बहश गरिरहेका छौँ।

एक्स्पो कुन कुन वस्तु तथा सेवाको उपयोग गरेर कसरी आयोजना बनाउन सकिन्छ भन्नेमा केन्द्रित छ र लगानी सम्मेलन बिजुली लगायतका पूर्वाधार र उद्योग व्यवसायका लागि कसरी लगानी जुटाउने भन्नेमा केन्द्रित छ। कसरी आयोजना बनाउने भनेर भएको बहस र छलफलले लगानीलाई कसरी भित्र्याउने भन्नेमा सहयोग गर्ने भएकोले दुवै एकअर्कासँग सम्बन्धित छन्।

यसकारण पनि हामीले लगानी सम्मेलनको सफलताका लागि सम्मेलनको पूर्वसन्ध्यामा एक्स्पो आयोजना गरेका हौँ। यहाँ आउने धेरै विदेशी लगानीकर्ता र प्रतिनीधिहरू लगानी सम्मेलनमा पनि सहभागी हुँदै हुनुहुन्छ। लगानीका लागि नेपाल उर्वर भूमि हो भन्नेमा कुनै द्विविधा माग्नुपर्ने अवस्था छैन। यसकारण नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न र राम्रो प्रतिफल लैजान निजी क्षेत्रको छाता संस्थाको अध्यक्षको हैसियतले म सबै विदेशी लगानीकर्ताहरूलाई आग्रह गर्न चाहन्छु।

(हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन समारोहमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष कार्कीले राखेको मन्तव्य)

images

प्रकाशित : बिहीबार , वैशाख १३ २०८१०२:२७

प्रतिक्रिया दिनुहोस