आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , वैशाख १३ २०८१
प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घट्दा चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

बुधबार प्रतितोला पाँचसय रूपैयाँले उकालो लागेको सुनको मूल्य बिहीबार पुन: ओरालो लागेको हो।

बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँ तोकिएको छ।

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार दुई दिनको अवधिमा ३ हजार ८ सय रूपैयाँले सुनको मूल्य घटेको थियो।

बुधबारको तुलनामा चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख १३ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend