आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

दुई दिनको गिरावटपछि पुन: उकालो लाग्यो सुनको मूल्य

बुधबार, वैशाख १२ २०८१
दुई दिनको गिरावटपछि पुन: उकालो लाग्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला १६ सय ७० रूपैयाँ कायम छ।

काठमाडौं- दुई दिनको गिरावटपछि नेपाली बजारमा सुनको मूल्य पुन: उकालो लागेको छ।

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार दुई दिनको अवधिमा ३ हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ५ सय ५० रूपैयाँ कायम छ।

चाँदी आज तोलामा १० रूपैयाँले बढेर प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, वैशाख १२ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend