आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

मंगलबार, वैशाख ११ २०८१
टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

मेलामा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ।

बैशाख १४ गतेदेखि हुन लागेको यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स ईभी साट्न सकिनेछ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको सिप्रदीले जनाएको छ। मेला यही बैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको कम्पनीको भनाइ छ।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन्।

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ।

साथै यस कार्यक्रममा सहभागी भइ नयाँ टाटा नेक्सन ईभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउन सिप्रदीले आग्रह गरेको छ। 


प्रकाशित : मंगलबार, वैशाख ११ २०८११६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend