आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एफआई लिगेसीको पन्ध्रौँ वर्ष पूरा भएको अवसरमा यामाहाद्वारा एफजेडमा दश वर्षको वारेन्टी

मंगलबार, वैशाख ११ २०८१
एफआई लिगेसीको पन्ध्रौँ वर्ष पूरा भएको अवसरमा यामाहाद्वारा एफजेडमा दश वर्षको वारेन्टी

यस्तो व्यापकस्तरको वारेन्टी नेपालमा दुईपांग्रे सवारी कम्पनीले पहिलोपटक प्रदान गरेको कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन (एफआई) प्रविधि अंगीकार गरेको १५औँ वर्ष पूरा भएको अवसरमा यामाहाले यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको छ।

यस्तो व्यापकस्तरको वारेन्टी नेपालमा दुईपांग्रे सवारी कम्पनीले पहिलोपटक प्रदान गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फ्युल इन्जेक्शन टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको छ। यसले राइडरहरूलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदुषण समेत घटाएको छ। यामाहाले सुरुमै एफआई टेक्नोलोजीलाई अँगालेर त्यसलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रयोग गर्दै सफलता समेत हासिल गरिसकेको छ।

एफजेड शृङ्खलाका सबै बाइकहरूमा प्राप्त हुने यस ऐतिहासिक १० वर्षको वारेन्टीले गुणस्तर, स्थायित्व र ग्राहक सन्तुष्टिप्रति यामाहाको बलियो प्रतिबद्धतालाई संकेत गर्ने कम्पनीको दाबी छ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले कोसेढुंगा प्राप्तिको यस अवसरमा आफ्नो उत्साह व्यक्त गरे। उनले भने, 'यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुशी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्दित छौँ।'

कम्पनीका अनुसार माथिल्लो मुस्ताङको दुर्गम भूभागदेखि काठमाडौंको भीड सडकसम्म यामाहा एफजेड बाइकहरूले बारम्बार आफ्ना क्षमताहरू प्रमाणित गर्दै आएका छन्। अब १० वर्षको वारेन्टीको साथ राइडरहरूले अझ बढी मानसिक शान्ति लिएर आफ्नो साहसिक यात्रा सुरु गर्न सक्नेछन्।

उक्त उत्सवमा सहभागी भएर आत्मविश्वासका साथ सवारीको रोमाञ्चक अनुभव लिन पनि कम्पनीले आग्रह गरेको छ।


प्रकाशित : मंगलबार, वैशाख ११ २०८११३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend