आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने अवसर

मंगलबार, वैशाख ११ २०८१
कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने अवसर

भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने कम्पनीले जनाएको छ। यो अफर बैशाख ३१ गतेसम्म लागु हुनेछ।

काठमाडौं- कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ।

अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रूपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यो अफर कनेक्ट आईपीएसबाट बैशाख ३१ गतेसम्म अनलाइन फी भुक्तानी गर्दा लागु हुनेछ। अफरको अन्त्यपछि कनेक्ट आईपीएसको आधिकारिक वेबसाइटमा कम्पनीले विजेताको जानकारी प्रकाशित गर्नेछ।

साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने कम्पनीले जनाएको छ।

कनेक्ट आईपीएसबाट ७ सयभन्दा बढी स्कुलहरुको भुक्तानी गर्न सकिन्छ। भुक्तानीकर्ताले कनेक्ट आईपीएसको वेब वा एपमा लग इन गरी क्रेडिटर पेमेन्ट्सअन्तर्गत एजुकेसनल इन्सट्युसन्समा क्लिक गरी त्यसमा स्कुल्समा क्लिक गरेर लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कुल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरेर आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन्।

साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपीएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्दछन्। यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिन्छ। 

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फरलगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक प्रमुख तथा सजिलो माध्यम हो।

कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ।

कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३९ सय अर्बभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख ११ २०८१११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend