आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एकैदिन प्रतितोला दुई हजार सातसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

मंगलबार, वैशाख ११ २०८१
एकैदिन प्रतितोला दुई हजार सातसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

मंगलबार सुनको मूल्य दुई हजार सात सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता आइतबार स्थिर रहेर सोमबार घटेको सुनको मूल्यमा मंगलबार पनि गिरावट आएको छ।

मंगलबार सुनको मूल्य दुई हजार सातसय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार पाँचसय रूपैयाँ निर्धारण हुँदा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ८ सय ५० रूपैयाँ कायम छ। 

नेपाली बजारमा यो साता आइतबार सुनको मूल्य उच्च बिन्दुमै स्थिर हुँदा सोमबार भने सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले घटेको थियो। गत शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीनसय रूपैयाँ म‍ूल्यमा पुगेको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि दुई दिनयता निरन्तर घटिरहेको छ। आइतबार तोलामा २० रूपैयाँले बढेर सोमबार ३५ रूपैयाँले घटेको चाँदीको मूल्य मंगलबार प्रतितोला ४५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार तोलाको १७ सय ५ रूपैयाँ तोकिएको चाँदी मंगलबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख ११ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend