आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन ११ सयले घट्यो

सोमबार, वैशाख १० २०८१
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन ११ सयले घट्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ३५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- सुनको मूल्य सोमबार उच्च बिन्दुबाट ओरालो लागेको छ। आइतबार उच्च बिन्दुमै स्थिर रहेको सुनको मूल्य सोमबार एकैदिन प्रतितोला एक हजार एकसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुन मूल्य प्रतितोला एक लाख ३७ हजार पाँचसय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार तीनसय रूपैयाँ निर्धारित थियो भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६ सय ५० तोकिएको थियो। सुन गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार बढेको चाँदीको मूल्य पनि सोमबार घटेको छ। आइतबार तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला १७ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, वैशाख १० २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend