आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आइतबार, वैशाख ९ २०८१
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- लगातार बढिरहेको सुनको मूल्य आइतबार स्थिर रहेको छ। अघिल्लो साता शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य यो साता आइतबार उच्च बिन्दुमै स्थिर रहेको हो।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार तीनसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६सय ५० तोकिएको छ। सुन गएको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला २० रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, वैशाख ९ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend