शनिबार, साउन ३ गते २०८२    
शनिबार, साउन ३ २०८२
images
images

कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

images
शुक्रबार, वैशाख ७ २०८१
images
images
कृषि विकास बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो
images

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको खुद नाफा गत वर्षको तुलनामा ९७.२२ प्रतिशतले बढेको छ।

images
images

गत वर्षको ९ महिनामा बैंकले १ अर्ब ४ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

images
images

गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेकाले बैंकको खुद नाफा बढेको हो। चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको यसै अवधिमा बैंकले ६ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 

images
images
images

गत वर्षको तुलनामा बैंकले इम्पियरमेन्ट चार्ज घटाएकाले बैंकको नाफामा उल्लेखीय मात्रामा सुधार देखिएको हो। गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ११ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५२ करोडमा कायम भएको छ। 

यस्तै यस अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ। गत वर्षको महिनामा ४.२० प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ३.३० प्रतिशतमा सीमित भएको छ।

यस अवधिमा बैंकको आधार दर ८.६८ प्रतिशत र कर्जा निक्षेप अनुपात ७९.५७ प्रतिशत रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend